Logo

अर्थ

प्रभु क्यापिटलकाे “९९९ आजीवन डिम्याट खाता” योजनामा अब बीमा सुरक्षा पनि



काठमाडौं । प्रभु क्यापिटलले बीमा सुरक्षासहित “९९९ आजीवन डिम्याट खाता” योजना ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा विशेषता थपी “प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ, बीमाको समेत सुरक्षा पाऔं” भन्ने स्लोगन सहित “९९९ आजीवन डिम्याट खाता” योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरुलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष रु. १०० शुल्क बुझाउनुपर्छ, अन्यथा खाता फ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको जनाएको छ । जुन नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुने जनाइएको छ ।

१ जनवरी, २०२३ बाट शुरु भएकोे यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको Accident Insurance पनि पाउने क्यापिटलले जनाएको छ ।

यो योजनाले सक्रिय रुपमा पूँजीबजारमा लाग्ने हितग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रुपमा भित्रायाउनमा सघाउ पुरयाउने प्रभु क्यापिटलको विश्वास छ । यो डिम्याट खाता देशविदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाताखोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । यसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा Video KYC वा In Appverification छनौट गरी आफ्नो अनुकूलता अनुसार समय लिई तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सक्नेछन् ।

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार २०:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।