Logo

अर्थ

मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्दैछ । त्यसैले, आज पुस २० गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेट बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार ११:३४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।