Logo

अर्थ

राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, साढे दुई वर्षको समय थप



काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी व्यवस्था संशोधन गरेको छ । राष्ट्र बैंकले आकस्मिक भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै अहिलेको व्यवस्थालाई फेरफेर गरेको जानकारी दिएको हो ।

राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ ले तोकेको सीमाभन्दा बढी कर्जा प्रयोग गर्ने ऋणीलाई उक्त सीमाभित्र ल्याउनका लागि साढे २ वर्षको समय दिएको छ ।

बुधबार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लाई संशोधन गर्दै सीमाभन्दा बढी रहेको कर्जालाई आवधिक कर्जामा रुपान्तरण गरी ५ किस्तामा भुक्तानी गर्नसक्ने व्यवस्था गरेको हो ।

यस अघि ५० लाख रुपैयाँ ऋण लिएका ऋणीहरूलाई यो व्यवस्था लागु नहुने व्यवस्था थियो । तर, उक्त व्यवस्थालाई संशोधन गरेर एक करोडसम्म ऋण लिएका ऋणीलाई यो व्यवस्था लागु नहुने बताइएको छ ।

राष्ट्र बैंकले चालुपुँजी कर्जाको सीमा २०८२ असारसम्म रिसेड्युल गरेको हो। यसलाई अब साढे २ वर्षभित्र सेटल गर्ने गरी रिसेड्युल गरिएको छ।

ऋणीले पहिलो किस्ता १० प्रतिशत, दोस्रो, तेस्रो, चौथो २०–२० प्रतिशत र अन्तिम किस्ता ३० प्रतिशतका दरले ऋण तिरी सीमाभित्र ल्याउन सक्नेछन्।

योसँगै सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्सामा कर्जा भुक्तानी गर्न सक्नेछन्।

पूर्णपाठ हेर्नुहाेस्

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १६:४३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।