Logo

अर्थ

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन हुनु सकारात्मक : मोरङ व्यापार संघ



काठमाडौं । मोरङ व्यापारले संघले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा भएको संशोधन सकारात्मक भएकाे बताएका छ । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन गरी समयावधि थप गरेकोप्रति आफूहरु सकारात्मक रहेको संघले जनाएको छ ।

यद्यपि, अन्य धेरै बुँदाहरु अझ बाझिलो अवस्थामै रहेको भन्दै संघले यसको संशोधन गर्नुको सट्टा तत्कालका लागि यसलाई स्थगन गर्न वा खारेज नै गर्न माग गरेको छ । ‘अन्य धेरै बुँदाहरु अझ बाझिलो अवस्था मै रहेकाले यसको संशोधन गर्नुको सट्टा तत्कालका लागि यसलाई स्थगन गर्न वा खारेज नै गर्न हाम्रो माग रहँदै आएको छ’, संघले भनेको छ, ‘जस्तै, बुँदा नं. ८.६ मा गरिएको ७ दिनको शुन्य बक्यौतासम्बन्धी व्यवस्थाले व्यवसायिक चक्रलाई शिथिलता दिने देखिएको तथा यस प्रकारको व्यवस्था विश्व मै कतै नभएकाले नेपालमा यो लागू हुनु अव्यवहारिक देखेका छौँ ।’

यसैगरी कच्चा पदार्थमा अत्याधिक आत्मनिर्भर र ठूलो बजारको आकार बोकेको भारतमा लागू रहेको प्रक्षेपित कारोवार रकमको २०÷२५ प्रतिशत रकम ऋण लिन पाउने व्यवस्थासरह नेपाल जस्तो कच्चा पदार्थमा परनिर्भर तथा सानो बजार भएको मुलुकमा लागू गरी कार्यान्वयनमा ल्याउन असम्भव रहेको संघको धारणा ।

यसका अलावा संघले विद्यमान चर्को बैंक व्याजदर र प्रतिकूल बैंकिङ नीतिहरुले श्रृजित समस्याहरु निराकरणका लागि प्रधानमन्त्री, अर्थ मन्त्री, गर्भनरलगायत समक्ष आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार २०:३८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।