Logo

अर्थ

नेपालको सबैभन्दा ठूलो बैंक बन्न लागेका ग्लोबल आइएमई र बीओकेकाे एकीकृत कारोबार पुस २५ देखि



काठमाडाैं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन्। यी दुई बैंकले मर्जर पश्चात पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले गत पुस १७ गते दुवै बैंकलाई मर्जरक लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत पुस १९ गते एकीकृत कारोबारका लागि स्वीकृति पाएका थिए।

राष्ट्र बैंक र कम्पनी रजिस्ट्राको कार्यालयबाट स्वीकृति पाएसँगै दुवै बैंकले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच १:१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। मर्जरपश्चात बैंकको कुल पुँजी ५७ अर्ब, चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।

बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य रहनेछन्।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १२:३०   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।