Logo

अर्थ

गरिमा विकास बैंकको १६औं साधारणसभा सम्पन्न, १४.५० प्रतिशत लाभांश पारित



काठमाडौं । गरिमा विकास बैंकको १६औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । सभामा बंैकका अध्यक्ष श्यामप्रसाद बस्यालले प्रस्तुत गरेका आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायमचुक्तापूँजी रु. ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ को १३ प्रतिशत बराबर बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) रु. ६ करोड ८८ लाख ६३ हजार १०२.५३ गरी जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु. ६६ करोड ५६ लाख ७६ हजार ६५७.७८ लाभांस प्रस्ताव पारित गरेको हो ।
यस पश्चात, यस विकास बैंकको चुक्तापुजीँ रु ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ०५७.१४ पुग्ने छ ।
साधारणसभामा गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादनगर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकनअनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार २१:२३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।