काठमाडौं । नेपाल आयाल निगमले आमउपभोक्तालाई सन्तुष्टि प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको दाबी गरेको छ । सरकारको पूर्ण स्वामित्वमा स्थापित निगम आज (मंगलबार) ५२ वर्ष पूरा गरी ५३औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा प्रतिबद्धता जारी गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले उपभोक्तालाई स्रोतसाधन र क्षमताले भ्याएसम्मको सेवा पुर्याउँदै आएको जिकिर गरेका हुन् ।
‘निगमको यो नवरत सेवामा उपभोक्तालई सहज रुपमा, सुपथ मूल्यमा, गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउनुका साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा ठोस योदगान पु¥याउँदै आएको छ, प्रतिबद्धतापत्रमा भनिएका छ, ‘आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने एउटा जीवन्त संस्थाका रुपमा आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म सेवा पुर्याउँदै आएको छ । निगमको भूमिका र जिम्मेवारीलाई आत्मसाथ गर्दै सार्वजनिक सेवामूलक संस्थाका रुपमा पु¥याउँदै आएको योगदान उल्लेखनीय छ । सरकारको पूर्ण स्वामित्वमा स्थापित यस स्ंस्थाले आमउपभोक्तालई सन्तुष्टि प्रदान गर्नमा कुनै कसर बाँकी राखेको छैन ।’
कार्यकारी निर्देशक थानीले निगमले जस्तोसुकै विषम परिस्थितिमा पनि सहजताका साथ देश तथा आमउपभोक्ताहरुको स्वाभिमान तथा हितलाई नै सर्वोपरी ठान्दै सेवालाई अक्षुण्ण रुपमा निरतन्तरता दिइरहेको उल्लेख गरेका छन् । उनले प्रतिबद्धतापत्रमार्फत पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने कुरा निगमको हातमा नभई अन्तर्राष्ट्रिय परिस्थितिले पनि निर्धारण गर्ने हुँदा मूल्यमा अपेक्षा गरे अनुरुपको तलमाथि गर्न नकिने पनि बताएका छन् ।





















प्रतिक्रिया