काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मत माग्दै उनले विभिन्न सरकारी निकायमा देखिएका बेथिति र ढिलासुस्तीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विभिन्न सेवा लिन लामा लाइन लाग्ने गरेको उल्लेख गर्दै हरेक नागरिकले सरकार आफ्नो अभिभावक महसुस हुनेगरी काम गर्ने बताए । ‘सरकार मालिक होइन, जनताको सेवक बन्नुपर्छ’, उनले भने, ‘सरकारहरू फेरिररहने तर जनताको जीवनस्तर नफेरिने चित्र अब बदल्नु छ । सरकार अब सुनिने, देखिने, जनताले अनुभव गर्ने सेवक बन्नु छ ।’




















प्रतिक्रिया