Logo

प्रमुख समाचार

देउवालाई ओलीको प्रश्न : ‘०५८ मा तपाईँले संसद् विघटन गरेको होइन ?’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले ‘डेमोक्रेसी’को नयाँ भाष्य बनाएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय कांग्रेसले गरेकोप्रति इंगित गर्दै ओलीले देउवालाई डेमोक्रेसीको नयाँ भाष्य बनाएको बताएका हुन् ।

ओलीले यस क्रममा विश्वासको मत दिएकोमा कांग्रेसलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । मुख्य प्रतिपक्षी मानिएको कांग्रेसले पनि विश्वासको मत दिएपछि संसद्‍मा अब प्रतिपक्षी नै नरहेको बताए । यस्तै, उनले प्रधानमन्‍त्री प्रचण्ड राखेको प्रतिबद्धताको स्वागत गरे ।

यस्तै, ओलीले देउवालाई ‘०५८ सालमा संसद् विघटन गरेको होइन ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । ओलीअघि सम्बोधन गरेका देउवाले अहिले संविधानको रक्षा नै चुनौती बनेको बताएका थिए । लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् ।

‘गुरुजी, २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?’ देउवाले संसद विघटन २०५९ जेठ ८ गते गरेका थिए ।

देउवाले विघटन गरेको मितिमा भने ओली झुक्किएका छन् ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १५:०५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।