काठमाडाैं । साताको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको करेक्सन आएको छ । निरन्तर बढिरहेको सेयर बजारमा आज उतारचढावका बीच सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।
आज सेयर बजार मापक नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ बिन्दुमा पुगेको हो । सेयर बजार २२७७ बिन्दुमा पुगेर घटेको हो । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.७५ अंकले घटेर ४१९.१६ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २५४ कम्पनीको २० करोड ८४ लाख ३ हजार ९५२ कित्ता सेयर किनबेच भएको छ । यसदिन ७ अर्ब ६५ करोडमाथिको कारोबार भएको छ । यसदिन ५३ कम्पनीको सेयर मूल्य बढेको छ, भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज सर्वाधिक आज ङादी ग्रुप पावरको २१ करोड २१ लाख रुपैयाँ, अपी पावरको २० करोड ६७ लाख रुपैयाँ, रिडी पावरको १८ करोड १५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड ७२ लाख रुपैयाँ, शिवम सिमेन्टको १६ करोड ३४ लाख रुपैयाँ, अपर तामाकोशीको १५ करोड ४२ लाख रुपैयाँ, युनिभर्सल पावरको १५ करोड १ लाख रुपैयाँ, नेपाल टेलिकमको १४ करोड ८१ लाख रुपैयाँ, एचआईडीसीएलको १४ करोड ४५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १४ करोड १२ लाख रुपैैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।




















प्रतिक्रिया