धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख देवराज जोशीसमक्ष एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा एमाले रावलले दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेश गर्न बुधबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । उक्त समयसीमाभित्रै एमाले नेता रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा २९ सांसद छन् । प्रदेश सभामा एमाले तेस्रो ठूलो दल हो ।





















प्रतिक्रिया