काठमाडाैं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहारो अंककाे गिरावट आएकाे छ । निरन्तर रुपमा बढेको सेयर बजारमा (मंगलबार) पनि करेक्सन आएको थियाे । बुधबार सार्वजनिक बिदा परेकाे काराेकार नै भएकाे थिए ।
आज सेयर बजार मापक नेप्से परिसूचक ४१.०२ अंकले घटेर २१४९.४१ बिन्दुमा पुगेको हो । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.८९ अंकले घटेर ४११.२५ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २५२ कम्पनीको एक करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच भएको छ । यसदिन आज ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसदिन २१ कम्पनीको सेयर मूल्य बढेको छ, भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि १ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । नेप्सेका अनुसार आज चार कम्पनीको सेयरमूल्य उच्च अंकले बढेको छ । जसमा कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी, बाराही हाइड्रोपावर र एनआइबीइल समृद्धि फण्ड–२ रहेका छन् ।
आज गुँरास लघुवित्त व्त्तिीय संस्थाको सेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यसको आज २२ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।




















प्रतिक्रिया