Logo

खेलकुद

सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइँदै !



काठमाडौं । उच्च अदालतको आदेशसँगै रिहा हुन लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुनः राष्ट्रिय टोलीमा फर्काउने तयारी गरिएको छ । उच्चले २१ लाख धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीपलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएकोले फिटनेस हेरेर उनलाई पुनः टिममा फार्काइने बताए । सन्दीप राष्ट्रिय टिममा फर्किए पनि देशबाहिर हुने खेलका लागि भने जान पाउने छैनन् । तर पुरुष क्रिकेट विश्वकप डिभिजन– २ केही खेल भने नेपालमै हुँदैछ ।

बाँकी खेलका लागि लामिछानेलाई टोलीमा झिकाउने चन्दले संकेत गरेका छन् । आरोप लागेसँगै क्यानले लामिनेछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ११:३३   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।