जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका हुन् ।

मुख्यमन्त्रीसँगै आज थप तीन मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले पनि शपथ लिएका छन् ।
तीनैजनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।




















प्रतिक्रिया