Logo

प्रमुख समाचार

घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित



काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ । शनिबार विहान बसेको नेकपा एसकाे बैठकले नेता भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।

४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका भुसाल शुक्रबार नेकपा एस प्रवेश गरेका थिए । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले टिकटन नदिएपछि एमाले त्यागेका थिए । त्यसपछि रुपन्देही १ बाट स्वतन्त्र चुनाव लडेका उनी एमालेका सचिव छविलाल विश्वकर्मासँग पराजित भए ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १३:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।