Logo

खेलकुद

एनभीए राष्ट्रिय भलिबल : एपीएफलाई हराउँदै पुलिस फाइनलमा



काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३(२ को सेटमा हराएर पुलिस उपाधि नजिक पुगेको हो ।

रोमान्चक खेलको पहिलो सेट पुलिसले २५–१५ ले जितेको थियो । दोस्रो सेट र तेस्रो सेट एपीएफले २५–१७ र २५–२१ ले जितेको थियो । चौंथो सेट पुलिसले २५–२१ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा पुलिसले १५–७ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

अब पुलिसले उपाधिका लागि आइतबार आर्मी र न्यु डायमण्डबीचको विजेतासँग खेल्नेछ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १४:११   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।