सुर्खेत । कर्णाली प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले शनिबार दिउँसो प्रदेशसभामा पुगेर उम्मेदवारी दिएका हुन् ।
कांग्रेस सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।सभामुखको उम्मेदवारी दर्ताका लागि आज बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।
सत्तारुढ गठबन्धनको भागवन्डा अनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि सभामुख एमालेको भागमा परेको छ । यो समाचार तयार पार्दासम्म एमालेले उम्मेदवार टुंगो लगाउन सकेको छैन ।




















प्रतिक्रिया