Logo

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको विजयी सुरुआत



काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । इटहरीमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।

गण्डकीले दिएको ५२ रनको लक्ष्य एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितमा कप्तान सिता राना मगरले अविजित १९ रनको योगदान गरिन् । रोमा थापाले अविजित १४ रन बनाइन् । ज्योति पाण्डेले ८ रन बनाइन् । इन्दु बर्मा र सरिता मगरले खाता खोल्न सकिनन् ।

गण्डकीकी श्रीष्टि जैसीले ३ विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन जोडेको थियो । गण्डकीका कप्तान श्रीष्टी जैसीले सर्वाधिक १४ रन जोडिन । एपीएफकी सुमन विष्टले ३ विकेट हात पारिन् ।

यस जितसँगै एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ । एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १४:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।