पोखरा । गण्डकी प्रदेशको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा धिताल ३२ मतसहित सभामुखमा निर्वाचित भएका हुन् ।
सभामा ५८ संसद उपस्थित थिए । धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसदको मत सहित सभामुखमा निर्वाचित भएका हुन् ।
सभामुखमा कांग्रसबाट सरस्वती अर्याल तिवारीको उम्मेदारी दिएकी थिइन् । तर, उनको उम्मेदवारमाथि मत विभाजन हुनै परेन । धिताललाई एमालेका २२, माओवादीका ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद मनाङेले मतदान गरेका हुन् ।




















प्रतिक्रिया