काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले चुनावका बेला जनतासँग गरेका बाचा कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन् । नवलपरासी–२ बाट निर्वाचित चौधरीले चुनाव सम्पन्न भएको एक महिनामै प्रतिबद्धता पूरा गर्न कामको सुरुवात भइसकेको बताएका हुन् ।
शनिबार नवलपरासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘चुनावका बेला नेता–कार्यकर्ता र जनतासँग यो क्षेत्रको विकास नै मेरो लक्ष्य हो भनेको थिएँ । यो एक महिनामै प्रतिबद्धता कार्यान्वयन गर्ने कामको थालनी भइसकेको छ’, उनले भने ।




















प्रतिक्रिया