Logo

राजनीति

निर्वाचनका बेला गरेका बाचाअनुरुप काम सुरु भइसकेका छन् : विनोद चौधरी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले चुनावका बेला जनतासँग गरेका बाचा कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन् । नवलपरासी–२ बाट निर्वाचित चौधरीले चुनाव सम्पन्न भएको एक महिनामै प्रतिबद्धता पूरा गर्न कामको सुरुवात भइसकेको बताएका हुन् ।

शनिबार नवलपरासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘चुनावका बेला नेता–कार्यकर्ता र जनतासँग यो क्षेत्रको विकास नै मेरो लक्ष्य हो भनेको थिएँ । यो एक महिनामै प्रतिबद्धता कार्यान्वयन गर्ने कामको थालनी भइसकेको छ’, उनले भने ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १६:५८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।