Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता



काठमाडौं । गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको थियो । सात दलीय सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा सरकार गठनको तीन हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १९:०३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।