Logo

प्रमुख समाचार

सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मंगलबार बैठक बस्ने



काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा कुराकानी गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मंगलबार बैठकमा बस्न लागेको बताएका छन् ।

उनले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने बताए । नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दल तथा स्वतन्त्र सांसदहरूले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १५:३०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।