Logo

राजनीति

कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने, माओवादी र नेकपा एससँग सहयाेग माग्ने



काठमाडौं । नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने भएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले अन्य सहयोगी दलको सहयोगमा सभामुखमा उम्मेदवारी दिन लागेको हो । ‘सभामुखको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने समय अझै केही घण्टा बाँकी छ । यसबीचमा हामी सहयोगी दलहरुसँग छलफल गर्छौ र उम्मेदवारीबारे टुंगो लगाउछौ’, महतले जसपा, एकीकृत समाजवादी र माओवादीसँग समेत छलफल गरेर अघि बढ्ने बताए ।

उनले अन्य दलहरुको सहयोग लिएर उम्मेदवारी दर्ता गर्ने निष्कर्ष निकालेको बताए । समग्र समझदारी बन्ने अवस्था आए आफ्नो पार्टीले उम्मेदवार नउठाउने भन्दै उनले त्यो अवस्था नआए भूमिकाविहिन भएर कांग्रेस नबस्ने बताए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ११:५१   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।