Logo

प्रमुख समाचार

राप्रपा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रतिनिधिसभा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् । पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् ।

राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका थिए । तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १२:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।