काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनको कलेजोले ८० प्रतिशतभन्दा बढी काम गर्न छाडेको चिकित्कसकले बताएका छन् । ललितपुको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले अब कलेजो प्रत्यारोपणको विकल्प नभएको बताएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरुमा भर्ना गरिएको थियो । नेता पुनको उपचारमा संलग्न डा. युवराज शर्माका अनुसार कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले अब कलेजो प्रत्यारोपण नै गर्नुपर्छ ।
तर नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको डा. शर्माले बताए ।




















प्रतिक्रिया