काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको छ । पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन नेता शेखर कोइरालाले बैठक बोलाएका एक नेताले जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो राजनीतिक भूमिकाप्रति इतर समूह असन्तुष्ट छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि इतर समूहका नेताहरूले असहमति जनाएका थिए ।
यसका साथै यही माघ १५ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । त्यसको तयारीका विषयमा पनि बैठक केन्द्रित भएको बताइएकाे छ ।




















प्रतिक्रिया