जनकपुरधाम । मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । स्वतन्त्र सांसदद्वय सुरिता साह र प्रमोद कुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् ।
साह महोत्तरी क्षेत्र नम्बर २ (२) र जैसवाल पर्सा क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्रबाट निर्वाचित भएका थिए ।उनी दुवै जनालाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।
योसँगै जसपाको यो प्रदेशमा १८ सांसद पुगेको छ ।




















प्रतिक्रिया