काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबन्डाबारे जनमत पार्टीको असन्तुष्टिको विषय सोमबार टुंगो लगाउने भएका छन् । भागबन्डामा खानेपानी मन्त्रालय पाएको जनमत त्यसप्रति असन्तुष्ट भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबारसम्म त्यसको टुङ्गो लगाउने भनिए पनि अब त्यो भाका सोमबारलाई सरेको हो ।
जनमतका प्रवक्तासमेत रहेका खानेपानी मन्त्री अब्दुल खानले मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लगाउने कुराकानी भएको बताए ।
उनका अनुसार आज सत्ताधारी दलका अध्यक्षहरूबीच बालुवाटारमा छलफल हुने भनिएको छ । त्यहाँ पनि जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा कुराकानी हुनसक्ने सम्भावना रहेको बताइएको छ ।




















प्रतिक्रिया