Logo

प्रमुख समाचार

नेपाली संस्कृतिलाई जर्गेना हुन नदिने चेष्टा भइराखेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राष्ट्रिय संस्कृतिलाई प्रवद्धन गर्ने जमर्को गरिरहेको बताएका छन् । राष्ट्रिय सोनाम ल्होछार समारोहको अवसरमा काठमाडौं टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो राष्ट्रिय संस्कृतिमाथि विभिन्न ढंगले विगतमा दमन गर्ने प्रक्रिया चलेको र अहिले पनि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप र प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुुन नदिने चेष्टा भइराखेको ठहर गरे ।

‘नयाँ राष्ट्रिय संस्कृतिलाई प्रवद्धन गर्ने हामी सबैले जमर्को गरेका छौं’, प्रधानमन्त्री प्रचण्ड भने, ‘यो राष्ट्रिय संस्कृतिमाथि विभिन्न ढंगले विगतमा समान्ति एकात्मक, अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति भाषा संस्कृतिमाथि दमन गर्ने प्रक्रिया चल्यो भने अहिले आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप र प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुुन नदिने चेष्टा भइराखेको छ ।’

नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले सामन्ती एकात्मक र उसको हस्तक्षेपविरुद्धको लडाइँ अझै नसकिएको पनि बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १५:५५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।