काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ चयन भएका छन् । पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठलाई चयन गरेको हो ।
यसैगरी बैठकले सन्तोष परियारलाई प्रमुख सचेतक चयन गरेको छ । श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार समानुपातिकतर्फका सांसद हुन् ।




















प्रतिक्रिया