काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताका क्रममा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटरद्वय आदिल अन्सारी र मेहबुब आलम पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल र पूर्वराष्ट्रिय क्रिकेटर आलमलाई पक्राउ गरेको हो ।
सीआईबीको उच्च स्रोत अनुसार अन्य क्रिकेटर समेत पक्राउ पर्ने सम्भावना रहेको छ । उनीहरुले नेपाल क्रिकेट संघ (क्यान)को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतको दाबी छ ।
आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । त्यसमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ ।




















प्रतिक्रिया