Logo

खेलकुद

स्पट फिक्सिङ प्रकरण : पक्राउ परेकाहरुलाई हुनसक्छ ३ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना



काठमाडौं । नेपाल टी–२० लिगका क्रममा स्पट फिक्सिङ गरेको आरोप लागेकाहरु धमाधम पक्राउ परिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्पट फिक्सिङमा चार नेपाली र ६ विदेशी संलग्न भएको निष्कर्ष निकालेको छ ।

उनीहरुमध्ये अहिलेसम्म राष्ट्रिय क्रिकेट टोलीका सदसस्य आदिल अनसारी र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमसहित तीनजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । सीआईबी स्रोतका अनुसार पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता र राष्ट्रिय खेलकुद विकास ऐन आकर्षित हुन्छ ।

मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलोामतो गरे राष्ट्रहित विरुद्धको कसुर भएको मानिने उल्लेख छ । यसमा दोषी ठहर भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवना हुने उल्लेख छ ।

राष्ट्रिय खेलकुद विकास ऐनमा भने नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी खेलिने कुनै पनि खेलमा मिलेमतो गराउन नहुने उल्लेख छ । मिलेमतो गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । साथै लेनदेन भएको रकम पनि जफत गरिने ऐनमा उल्लेख छ ।

त्यस्तै यस्तो कसूर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसूर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्नेलाई पनि यही सजाय हुनेछ । यस्तो कसूर गर्ने सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा उनलाई थप ३ वर्ष कैद हुनेछ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १५:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।