Logo

समाचार

गैरआवासीय नेपाली संघका प्रतिनिधि र स्वास्थ्यमन्त्रीबीच भेटवार्ता



काठमाडाैं । गैरआवासीय नेपाली संघले स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञबीच ज्ञान सीप र अनुभव आदानप्रदानको वातावरण निर्माणका लागि नेपाल सरकारसँग आग्रह गरेको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघका प्रतिनिधिमण्डलले स्वास्थ्यतथा जनसंख्यामन्त्री पदम गिरीलाई भेटेर उक्तआग्रह गरेको हो ।

भेटमा संघका अध्यक्ष डा केसीले नेपालमैत्री स्वास्थ्य नीति तर्जुमा गर्न स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञलाई एकै स्थानमा ल्याउन जरुरी भएको बताए । नेपालबाट अरबौं रुपैया स्वास्थ्य सेवातथा सामाग्रीका लागि बाहिरिने गरेकोले नेपालमै अत्याधुनिक स्वास्थ्य संयन्त्र, सेवा र प्रविधि स्थापित गरी विदेशबाट समेत नेपालमा उपचारका लागि आउन सक्ने वातावरण निर्माण गरेर नेपाललाई स्वास्थ्य हब बनाउन सरकारले पहल गर्नुपर्ने र त्यसमा संघले पनि सहकार्य गर्ने अध्यक्ष डा केसीले बताए ।

भेटमा अध्यक्ष डा केसीले संघका तर्फबाट भइरहेका स्वास्थ्यतथा परोपकारी गतिविधिबारे मन्त्री गिरीलाई जानकारी गराएका थिए । संघले विश्वभर फैलिएको कोरोना महामारीको कहरबीच कोरोना प्रभावित नेपालीको तथ्यांक संकलनएवं ५२ देशका तीनलाखभन्दा बढी नेपालीहरुलाई प्रत्यक्ष सहयोग गर्नुका साथै नेपालमा स्वास्थ्य सामाग्री र अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर उपलब्ध गराइएको थियो ।

संघको तत्वावधान र स्वास्थ्य सेवा विभागको समन्वयमा हाल चितवनस्थित भरतपुर अस्पताल, धनगढीस्थित सेती प्रादेशिक अस्पताल, महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा रहेको छ ।

यस्तै, स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा एक प्रदेश एक मोबाइल ब्लड बसको अवधारणा ल्याएकोमा हालसम्म बागमती र सुदुरपश्चिम प्रदेशमा दुई वटा बस हस्तान्तरण गरिसकिएको छ । प्रदेश एक, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा समेत उक्त परियोजना अघि बढाउन प्रक्रिया थालिएको छ । संघले मोबाइल शौचालयको परियोजना समेत अघि बढाएको छ । हाल पोखरामा स्थानीय सरकारसंगको समन्वयमा सो परियोजनाको थालनी भइसकेको छ, तर यस्ता कार्यमा जग्गा प्राप्ति, स्थानीयको सहकार्य समेत आवश्यक हुने भएकोले उक्तकार्यमा सहजीकरण गरिदिन समेत अध्यक्ष केसीले आग्रह गरे ।

सो अवसरमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य क्षेत्रमा रहेको ठूलो अभावपूर्न गैरआवासीय नेपालीहरुले अवसर खोजिरहेको बताए । स्वास्थ्य क्षेत्रमालगानी गरी नेपाललाई स्वास्थ्यहबबनाउन सक्ने उनको भनाइ थियो । मानव स्वास्थ्य जस्तो गम्भीर विषयमा सरकारले कुनै सम्झौतागर्न नहुने भन्दै डा महतोले सरकारले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सहकार्य गरेर अघि बढे स्वास्थ्य क्षेत्रका असंगतिकाथुप्रै क्षिद्रहरु पुर्न सकिने धारणा राखे ।

भेटमा संघका प्रतिनिधिलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले गैरआवासीय नेपालीहरुको ज्ञान, सीप, क्षमता र अनुभवलाई प्राथमिकताका साथ नेपालको स्वास्थ्य क्षेत्रमाप्रयोग गर्न सरकारले पहलगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “स्वास्थ्य क्षेत्रको बृहत् विकासका लागि सरकार तपाईहरुसँग सहकार्य गर्न तयार छ, विशेषतः विकट क्षेत्रका विपन्न जनताका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि गैरआवासीय नेपालीको भूमिका अझ अहमहुन सक्छ । यस विषयमा हामी निरन्तर छलफलमा रहनेछौँ र पक्कै हातेमालो गर्नेछौँ ।”

मन्त्री गिरीले स्वास्थ्य सेवाविस्तार र त्यसमा गैरआवासीय नेपालीको भूमिका सम्बन्धमा थपअध्ययन गरेर छिट्टै ठोस् निर्णय गरी सहकार्य अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए । भेटमा संघका पूर्व उपाध्याक्ष अर्जुन कुमार श्रेष्ठ, संघका सचिव गोविन्द गौतम, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य रामेश्वर गौतम(रसिया), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कापूर्व अध्यक्ष दिनानाथ राजभण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १६:४५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।