Logo

प्रमुख समाचार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट, के विषयमा भयो कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।

मन्त्रिपरिषद् विस्तारसँगै सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि दुई नेताबीच भेटवार्ता भएको हो । भेटका क्रममा अब हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच भेटवार्ता भएको बताइएको छ । एमालेको भागमा परेको राष्ट्रपति पदमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि आकांक्षा राखेपछि सत्तारुढ दलहरबीच अविश्वासको वातावरण सिर्जित हुँदै गएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार ११:१९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।