Logo

प्रमुख समाचार

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन



काठमाडौं । प्रतिनिधिसभाले नियमावली मस्यौदा समिति गठन गरेका छ । मंगलबार बसेको बैठकले २१ सदस्यीय समिति गठनको उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन सो मस्यौदा समिति गठन गरिएको हो ।

समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्तावक सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

काे काे परे समितिमा ?

अनिता देवी

डाक्टर अमरेशकुमार सिंह

गंगाधर चौंधरी

चित्रबहादुर केसी

जीवन परियार

दिलेन्द्रप्रसाद बडु

नागिना यादव

प्रकाश ज्वाला

प्रदिप यादव

प्रेम सुवाल

महेशप्रसाद गर्तौला

रमेश लेखक

लिलानाथ श्रेष्ठ

विद्या भट्टराई

शक्तिबहादुर बस्नेत

सर्वेन्द्रनाथ शुक्ला

सिता गुरुङ

सुवाषचन्द्र नेम्वाङ

सोभिता गौतम

हितराज पाण्डे

ज्ञानेन्द्रबहादुर शाही

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १३:५५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।