काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले जनताका सबैखाले भावनालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख र उपसभामुखलाई बधाई ज्ञापन गर्दै पौडेलले आलोचना, विरोध र असन्तुष्टि जस्ता जनभावनाको सम्मान गर्न सक्नुपर्ने बताएका हुन् ।
‘जनताका भावनाहरू विभिन्न ढंगले प्रकट भएका छन्, कहिले आलोचनाका रूपमा कहिले, कहिले विरोधका रूपमा र कहिले असन्तुष्टिका रूपमा प्रकट भएका छन् । जनताले जसरी भावना प्रकट गरे पनि हामीले त्यसको सम्मान गर्न सक्नुपर्छ,’ उनले भने, ‘अब संसद्मा कसैको विगतलाई लिएर कटाक्ष गर्ने होइन, विगतको समीक्षा गरेर अबको बाटो तय गरेर अघि बढ्न सक्नुपर्छ ।’
यस्तै उनले कसैको विगतलाई लिएर संसद्मा एकले अर्कोलाई कटाक्ष नगर्न आग्रह पनि गरेका छन् । उनले अहिलेको अवस्थासम्म आउन दशवर्षे जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षहरूको योगदान रहेको भन्दै त्यसको मर्म र सहिदहरूको योगदानलाई भुल्न नहुने बताए ।




















प्रतिक्रिया