Logo

राजनीति

जनताको करबाट चल्ने सरकारी सञ्चारमाध्यम कुनै अमुक दलको मुखपत्र हुन हुन्न : नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् ।

रेडियो नेपाल कर्मचारी संघ सिंहदरबार इकाईको १०औँ अधिवेशनको आज उद्घाटन गर्दै नेता पौडेलले सरकारी सञ्चार माध्यमहरू जनताको करबाट चल्ने भएकाले कुनै अमुक दल र समूहको मुखपत्र हुन नहुने धारणा पनि राखे ।

नेता पौडेलले सरकारी सञ्चारमाध्यमहरू जनताका आवाजहरू उठाउन स्वतन्त्र रहेको भन्दै प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी सार्वजनिक प्रसारण ऐन ल्याउन नुहुनेमा जोड दिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १८:०८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।