काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेसहितको सात दलीय गठबन्धनको समर्थनमा प्रचण्ड गत पुष १० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।




















प्रतिक्रिया