Logo

प्रमुख समाचार

गण्डकीका थप तीन मन्त्रीले पनि लिए शपथ, कसलाई कुन मन्त्रालय ?



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारलाई पूर्णता दिएका छन् । मंगलबार तीन मन्त्री थपिएसँगै गण्डकी सरकारले पूर्णता पाएको हो ।

मंगलबार मन्त्रीमा नियुक्त भएका तीन जनामा नेकपा एमालेका रोशनबहादुर गाहा थापा र बेदबहादुर गुरुङ हुन् । त्यस्तै माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् ।

उनीहरु तीनै जनाले मंगलबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । यससँगै गण्डकीमा मन्त्रिपरिषद्‍को संख्या ७ सदस्यीय पुगेको छ ।यसअघि

एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । उनीहरुले पनि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १९:१७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।