दाङ । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनीबाट रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसले रोल्पाका माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाउने भएको छ । बुधबार बिहान मात्र कांग्रेसले आचार्यको नाम टुंगो लगाएको हो ।
रोल्पा कांग्रेसका पूर्व सभापतिसमेत रहेका उनले बुधबार प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्दै छन् । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले आज दिउँसो २ बजेभित्र मनोनयन दर्ता गर्ने तालिका रहेको बताए ।
गत ४ मंसिरमा सम्नपन्न आमनिर्वाचन लड्न भन्दै एमालेका भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपनि पार्टीबाट उनले टिकट पाएका थिएनन् ।
यता सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिने भएका छन् ।




















प्रतिक्रिया