Logo

प्रमुख समाचार

राष्ट्रियसभा उपनिर्वाचन : कांग्रेसबाट आचार्य र एमालेबाट दसौदीले गरे मनोनयन दर्ता



काठमाडाैं । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि दुई जनाले उम्मेदवारी मनोनय दर्ता गरेका छन् । नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नेकपा एमालेबाट कुमार दसौदीले मनोनयन दर्ता गरेका हुन् ।

रोल्पा कांग्रेसका पूर्वसभापतिसमेत रहेका आचार्यले दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गरेका हुन । उनको प्रास्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छ्न् ।

यसैगरी बुधबार १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका दसौैदीले मनोनयन दर्ता गरेका हुन् । दसौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १५:५३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।