Logo

राजनीति

भीम रावलले भने : ‘गृहमन्त्रीबाट कानून मिचियो’



काठमाडौं । एमाले नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहारो नागरिकता लिएर कानून मिचेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा उनले संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक व्यवस्था गरिएको लेखेका छन् ।

‘गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देशविरोधी अपराध ठहर्नेछ । गृहमन्त्रीबाट कानून मिचिएको छ ’, उनले भनेका छन् । गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा बुधबारदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १६:०१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।