Logo

प्रमुख समाचार

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धीको मुद्दा ‘हेर्दाहर्दै’मा



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धीको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ‘हेर्दाहेर्दै’मा राखिएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्रातिका लागि प्रक्रिया नै नथालेकाले उनी नेपाली नागरिक नै नरहेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । बहसका क्रममा रिट निवेदकहरुले लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता पुनः प्रातिका लागि प्रक्रिया नै नथालेकाले पदमुक्त हुनुपर्ने जिकिर गरेका छन् ।

निवेदकको तर्फबाट सुरेन्द्र भण्डारीले बहस गर्दै लामिछाने विदेशी नागरिक भएको दाबी गरे । बहसका क्रममा उनले रविले आफूलाई कानूनभन्दा ठूलो ठानेको तर्क गरे । ‘अमेरिकी नागरिकता त्यागिसकेको निवेदन दिनुपर्नेमा कुनै पनि प्रक्रिया पालना नगरेको, आफूलाई कानूनभन्दा माथि ठानेको छ’, अधिवक्ता भण्डारीले भने, ‘उनी नेपाली मूलका विदेशी नागरिक हुन् ।’

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यादलय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले भने यो सारवहन व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् ।

‘कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक हुने अवस्था हुँदैन,’ उनले भनेका छन्, ‘नेपालको नागरिकतासम्बन्धी व्यवस्थाले नागरिकता विहिनताको परिकल्पना गरेको छैन । निवेदकहरुले मानवीय रवि लामिछाने नेपालको नागरिक होइनन् भन्नु भएको अववस्था छैन ।’

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले अर्को देशको पाउँदा नेपालको नागरिकता स्वतः खारेज भएपनि अर्को देशको त्यागेपछि नेपालको नागरिकता स्वतः कायम हुने तर्क गरे । बहस नसकिएकाले शुक्रबारका लागि हेर्दाहर्दैमा राखिएकाे छ ।

  • याे पनि…

‘कार्यविधि पालना नगरेकै आधारमा रवि लामिछानेलाई गैरनागरिक भन्न मिल्दैन’

संवैधानिक इजलासमा बहस : ‘रविले आफूलाई कानूनभन्दा माथि ठाने’

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १६:१६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।