काठमाडौं । अन्ततः जनमत पार्टीका सांसद अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। उद्योग, वाणिज्य एवं आपूर्तिमन्त्रीमा दाबी गर्दै आएका खानलाई मन्त्रिपरिषद् विस्तारमा खानेपानी मन्त्रालय परेपछि उनले शपथ लिए पनि पदभार ग्रहण गरेका थिएनन् ।
तर आज (बुधबार) उनले खानेपानी मन्त्रालयकै जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष आग्रहमा आफू खानेपानी मन्त्रालय सम्हाल्न आएको मन्त्री खानले बताएका छन् ।
प्रचण्डसँगै ११ पुषमै विनाविभागीय मन्त्रीको सपथ लिएका उनले बुधबारदेखि खानेपानी मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
फाइल तस्बीर : तेज किराँती/अनलाइनपाना




















प्रतिक्रिया