काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी कार्तिक मासन्तसम्ममा वडादेखि प्रदेशसम्मको अधिवेशन सक्न निर्देशन दिएको छ । पार्टी महासचिव वेदुराम भुसालले अन्तर संगठन निर्देशन (असनि) जारी गर्दै १५ वैशाख २०८० भित्र वडा अधिवेशन गरिसक्न भनेका छन् ।
पालिका तथा विशेष इकाइहरुमा २०८० वैशाख मसान्तभित्र र जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्न भनिएको छ । प्रदेश अधिवेशन भने २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा गर्नुपर्ने अपानिमा निर्देशन दिइएको छ ।
जनवर्गीय, पेशागत र सामुदायिक संगठनका कमिटीहरूलाई सम्मेलन÷अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न र अधिवेशन गर्न पनि भनिएको छ ।




















प्रतिक्रिया