Logo

अर्थ

‘आइएमई पे’ एप डाउनलोड गर्नेको संख्या ४० लाख



काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ । एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाईमा केक काटेर खुशीयाली साटासाट गरिएको थियो ।

आइएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै सो उत्सव पनि मनाइएको थियो । ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरूकावीच खुशी आदानप्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार २०:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।