Logo

प्रमुख समाचार

सुकुम्बासी बस्ती हटाउन गृहमन्त्री लामिछानेसँग मेयर बालेनको हारगुहार



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गृहमन्त्री रवि लामिछानेसँग सुकुम्बासी बस्ती हटाउन गुहार मागेका छन् । आज (बिहीबार) एकीकृत बागमती सभ्यता विकास समितिसँगै गृहमन्त्रालयमा पुगेका मेयर साहले गृहमन्त्री लामिछानेलाई सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका हुन् ।

भेटमा मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाउनुका साथै उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेको थियो ।

छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका थिए । तर, यसरी हटाउँदा त्यसपछि हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १९:५३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।