Logo

खेलकुद

वार्षिक २० करोड डलरमा रोनाल्डोलाई भित्र्याएकाे अल नासर साउदी सुपर कपबाट बाहिरियाे



काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै ‘आउट’ भएको छ । वार्षिक २० करोड डलर पारिश्रामिक दिएर रोनाल्डोलाई अल नासरले अनुबन्ध गरेका हो । रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासर अन्ततः सेमिफाइनलबाटै बाहिरिएको हो ।

अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकालेको थियो । तर अल इत्तेहादसँगको सेमिफाइनलमा अल नासर ३–१ ले पराजित भएको हो । साउदीमा रोनाल्डोले लगातार दुई खेलमा गोल गर्न सकेका छैनन् ।

अल इत्तेहादलाई जिताउन रोमारिन्हो, हमदालाह र अल शानक्वीटीले गोल गरे । अल नासरका लागि तलिस्काले एक गोल फर्काए । अर्को सेमिफाइनलमा अल फायहाले साविक विजेता अल हिलाललाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि हल इत्तेहाद र हल फायहाबीच आगामी आइतबार खेल हुनेछ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १२:५२   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।