काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले केपी ओली कम आयोजना गर्ने भएको छ । युवा संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजकसहित आठ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
प्रतियोगितामा आयोजक युवा संघको एक टिम हुने र बाँकी सात सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने क्लबले प्रतिस्पर्धा गर्ने छन् । केपी ओली कप २०७९ फागुन ११ गतेदेखि १७ गतेसम्म हुनेछ ।
प्रतियोगिताको उद्घाटन च्यासल फुटबल मैदानमा हुनेछ भने फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ । प्रतियोगिताको खेलहरू च्यासल र दशरथ रंगशालासँगै सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा पनि हुने आयोजकले जनाएको छ । यस प्रतियोगितामा एन्फाको प्रविधिक सहयोग रहने युवा संघका अध्यक्ष किरण पौडेलले बताए ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले १ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागत रुपमा उत्कृष्ट गोलकिपर र फरवर्डाले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।
साथै प्रत्येक खेलका प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ ।




















प्रतिक्रिया